|

पर्वत : पर्वतको कुश्मा नगरपालिका-९ कटुवाचौपारी सालबिसौनाका शिक्षक शिवप्रसाद पौडेल बेपत्ता भएका छन्। जिल्लाकै मोदी गाउँपालिका ५ दोबिल्लामा रहेको हरि प्राथमिक विद्यालयमा प्रधानाध्यापक ५९ वर्षीय पौडेल शुक्रबार बिहान १० बजेबाट बेपत्ता भएको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए।

शिक्षक पौडेलका आफन्तले प्रहरीमा दिएको उजुरी अनुसार उबेपत्ता शिक्षक पौडेलले आफ्नो जीवनको अन्तिम पत्र भन्दै घरमा पत्रसमेत लेखेर छोडेको उनको परिवारले जनाएको छ। उक्त पत्रमा आफूले जीवनमा सन्तानलाई पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको उल्लेख छ।

बेपत्ता शिक्षक पौडेलको शनिबार दिनभर प्रहरी, उनको परिवार र आफन्तजनले विभिन्न ठाउँमा संयुक्त खोजी गरेको भए पनि केही पनि पत्ता लाग्न सकेन। उनको अवस्था पत्ता लगाउन पौडेलको हुलियासहित अन्य जिल्लाका प्रहरी कार्यालयहरूमा सूचना दइसकेको पर्वतका प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.