|

दमक : साहित्यकार सरस्वती प्रतिक्षाको कृति नथियामाथि झापाको दमकमा शनिबार विमर्श गरिएको छ। नेपाल लिटरेरी ग्रुपले युथ नेटवर्क, कदम थियटर र शब्द खिमसँगको सहकार्यमा कार्यक्रम गरेको हो।

लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिका उपप्रमुख गीता अधिकारी प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा समीक्षकहरू मुनाराज शेर्मा, सीमा आभास र कृष्ण बरालले कृतिका बारेमा विभिन्न धारणा राखेका थिए।

बादी समुदाय र त्यहाँका महिलाहरूका बारेमा लेखिएको कृतिले धेरै वास्तविकताहरूलाई बाहिर ल्याएको उनीहरूको धारणा थियो। बादी समुदायका एक महिलालाई केन्द्र भागमा राखेर त्यहाँका यथार्थता बाहिर ल्याउने प्रकाश गरेको लेखक प्रतिक्षाको भनाई थियो। 

लिटरेरी ग्रुपका सविच मेची पुत्रले विभिन्न साहित्यकार र कृतिहरू माथि लेखक र पाठकबीच एकै थलोमा विमर्श र छलफल गर्ने क्रममायस पटक नथियामाथि कार्यक्रम गरिएको जानकारी दिए। कार्यक्रममा झापा, मोरङ, इलामलगायतका क्षेत्रका साहित्यकारहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.