|

गुल्मी : लगातारको वर्षाका कारण जिल्लाको कालिगण्डकी गाउँपालिका–२ अर्बेनीदेखि कालिगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाने सडकखण्ड अवरुद्ध भएको छ।

कालिगण्डकी करिडोरमा पर्ने सडक मुल्कमा माथिबाट पटक–पटक  पहिरो खसेपछि सडक अवरुद्ध भएको  गाउँपालिकाकी उपप्रमुख तारा थापाले जानकारी दिइन्। थापाका अनुसार सडक खुलाउन बिहानैदेखि स्काभेटरको प्रयोग गरिएको छ। जतिसक्दो छिटो बाटो खुलाउन गाउँपालिका लागि परेको जानकारी उनले दिइन्। 

सडक अवरुद्ध हुँदा पुर्तिघाटदेखि बुटवल, काठमाडौं जाने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। यसका कारण यात्रुहरू अलपत्र परेका छन्। 

कालिगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख कर्णेल रेश्मिराज भट्टराईले करिडोर निर्माणका लागि बजेट नभएका कारण स्थानीय तहले नै सानातिना पहिरो पन्छाउने काम गर्ने बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.