काठमाडौं : समीर मोक्तानको आवाजमा रहेको निरमाया बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
भारतीय रियालिटी सो डीआईडीका नेपाली डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री र मोडेल अलिशा राईको अभिनय हेर्न सकिन्छ। डीपी खनालले लेखेको गीत निरमायामा शंकर थापा 'स्माइल'ले संगीत दिएका छन्। उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।
राजीव समरले निर्देशन गरेको यो भिडियोका छायाकार हुन्, अनिल कुमार मानन्धर। सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका छन्। सुशान्त र राजीवको कोरियोग्राफी रहेको निरमायालाई डश म्युजिक प्रालिले बजारमा ल्याएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।