मनोरञ्जन

'नाईं नभन्नु ल ५' को गीत रिलिज, बालापनको कुरा गर्दै सोड्रिना र अनुभव
SHARES

साउन २०, २०७५

    काठमाडौं : भदौ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म 'नाईं नभन्नु ल ५' को गीत रिलिज भएको छ। आइतबार युट्युबमार्फत फिल्ममा समावेश 'बालापनको उमेर' बोलको गीत रिलिज गरिएको हो। वसन्त सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ।

    कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका दुई बालकलाकार अनुभव रेग्मी र सोड्रिना शर्मा फिचरिङ छन्।

    विकास आचार्य निर्देशित फिल्ममा अनुभव र सोड्रिनासँगै स्वस्तिमा खड्का, अभिषेक नेपाल, प्रियंका कार्की, दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतको पनि अभिनय रहेको छ। विकास आचार्य र सामीप्यराज तिमल्सेनाको संयुक्त पटकथा रहेको फिल्ममा बसन्त सापकोटाको संगीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।

    'वान टाइम सिनेमा'को ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन्। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]