|

साउन ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘चि मुसी चि'ले विदेश प्रदर्शन थालनी गरेको छ। यस फिल्मले पहिलो विदेश प्रदर्शनको सुरुवात सुन्दर देश थाइल्याण्डको राजधानी बैंककबाट गरेको छ। 

बैंककमा रहेको 'मेजर सिनेप्लेक्स'मा प्रदर्शन भएको छ। फिल्म हेर्न सयौं दर्शक उपस्थित भएका थिए। ‘चि मुसी चि' हेरेका अधिकांश दर्शकले यसको सस्पेन्स पाटो र गीतसंगीतको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

थाइल्याण्डका विभिन्न शहरमा फिल्मको १२ भन्दा बढी शो हुने निर्माण युनिटले बताएको छ। शनिवारनै थाइल्याण्डको पतैयामा पनि यस फिल्मको अर्को शो सम्पन्न भएको छ।
बैंकक र पतैयामा सफल प्रदर्शनपश्चात फेरि त्यहीँ ठाउँमा उक्त फिल्म प्रदर्शन हुने सम्भावना बढेको आयोजक संस्था थाई नेपाली संघले जानकारी दिएको छ। फिल्मको प्रदर्शनका लागि कार्यकारी निर्माता शिवराज कार्की र अभिनेता सुशान्त कार्की यतिबेला थाइल्याण्डमा छन्।

निर्माता कार्की थाइल्याण्डबासी नेपालीबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताए। उनले भने, 'फिल्म हेर्नुभएका सबैले राम्रो भन्नुभएको छ। हाम्रो लागि यो ठूलो सफलता हो।' यस्तै, अभिनेता सुशान्तले आफ्नो भूमिका रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए।

दिनेश श्रेष्ठ निर्देशित ‘चि मुसी चि'मा अलिशा शर्मा र सुनिल क्षेत्रीको पनि प्रमुख भूमिका छ। नृत्य क्षेत्रमा आफूलाई स्थापित गरिसकेका यी दुईको यो डेब्यु फिल्म हो। 

नेपालसँगै थाइल्याण्डबासी नेपालीले पनि यो कपलको अभिनयको तारिफ गरेका छन्। यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन्। यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.