|

काठमाडौं : साउन ८ गते काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका भद्रबासमा घर भाडामा लिएर बस्दै आएका दुई जना फ्रान्सेली नागरिक ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स पक्राउ परे। उनीहरुमाथि लामो समयसम्म घर भाडामा लिएर स्थानीय १० देखि १४ वर्षका बालबालिकाहरुलाई यौन दुराचार गरेको अभियोग छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार उनीहरुले आठ जना बालबालिकाकहरुलाई फुटबल खेलाउँदै, चक्लेट, खाजा खाना खुवाउने प्रलोभनमा पार्दै यौन दुराचार गर्दै आएका थिए। सिआइबीले बिशेष सूचनाको आधारमा लामो समय अध्ययन पछि उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ।

त्यस्तै सिआइबीलेनै जेठ ३१ गते नेदेरल्याण्डका नागरिक ६६ वर्षीय पिट हेभनलाई पक्राउ गर्यो। उनीमाथि पनि काठमाडौं महानगरपालिका ०८ स्थित सात घुम्तीको एक होटलमा एक जना बालकलाई यौन दुराचार गरेको अभियोग छ। हाल उनी काठमाडौं जिल्ला अदालतको असार २७ गते गरेको फैसाला अनुसार पुर्पक्षकालागि थुनामा छन्।

त्यसैगरी बाल यौनदुराचका अर्का पात्र हुन् स्विइजरल्याण्डका नागरिक पिटर । उनले फेसबुकमार्फत सम्पर्कमा आएका एक १५ वर्षिय बालकलाई आर्थिक प्रभावमा पारि यौन दुराचार गरेका थिए। उनले सुरुमा १० हजार नगद दिएर यौन दुराचार गरेका थिए भने त्यसपछि १५ देखि २० हजार रुपैंया दिँदै काठमाडौंको विभिन्न होटलहरुमा लिदै पटकपटक यौन दुराचार गर्ने गरेका थिए। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले असार २१ मा पक्राउ गरेको हो। 

 उनीमाथि काठमाडौं जिल्ला अदालबाट म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जनकारी दिए। 

यसरी यौनदुराचारको अभियोगमा आर्थिक वर्ष ०७३ यता सिआइबीले उपत्यकाबाट मात्र नौ जना विदेशी र एक जना नेपाली नागरिक गरि १० जनालाई पक्राउ गरेको छ। त्यस्तै काठमाडौं प्रहरी परिसरले समेत नेपाली र विदेशी नागरिक गरेर आर्थिक वर्ष ७३ यता सात जना पक्राउ गरेको छ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णहरि शर्माका अनुसरा विदेशी नागरिकबाट बाल यौनदुराचारका घटना अझै बढी हुने गरेको उनको भनाई छ। 'बाल यौनदुराचारका उजुरी कतै आउदैन् प्रहरीले विशेष सूचनाको आधारमा मात्रै यो घटनामा संलग्नहरुलाई पक्राउ गर्ने हो, अरु अपराधको जस्तो उजुरी पर्ने भए बाल यौनदुराचारको घटनाको तथ्यांक अझ बढी सार्वजनिक हुन्थ्यो,' उनले भने। बाल यौनदुराचारीको सूचीमा ४० वर्षभन्दा बढी उमेरका विदेशी नागरिकको संलग्नता बढी हुने गरेको प्रहरीको भनाई छ।

सीआइबीका अनुसार पर्यटन भिसामा आउने विदेशी नागरिकबाट बढी बाल यौनदुराचार हुने गरेको भेटिएको छ। प्रहरीका अनुसार यस अघि यौन दुराचारका घटना बढी थाइल्याण्ड, बर्मा, मलेसियाजस्ता देशमा हुने गरेको र पछिल्लो समय ती मुुलुकमा यौन–दुराचारसम्बन्धी कठोर कानुन बनेपछि दुराचारीको गन्तव्य नेपाल हुने गरेको हो। पर्यटकको आवरणमा नेपाल आउने र सहजै बाल यौनदुराचार गर्न सकिने देखेरै कति विदेशी नेपाल आउने गरेको काठमाडौं परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाको भनाई छ। उनका अनुसार बाल यौनदुराचारमा पक्राउ परेकाहरु समय समयमा नेपाल आउने गरेको रेकर्ड भेटिएको थापाले बताए।

गरिब  र अशिक्षित निशानामा 

बाल यौन दुराचारीको पहिलो टार्गेट गरिबी र अशिक्षित परिवार हुने गरेको सिआइबीका प्रवक्ता शर्माको भनाई छ। बालकलाई यौन दुराचार गर्नकै लागि जेठ ३१ गते पक्राउ परेका नेदेरल्याण्डका नागरिक ६६ वर्षीय पिट हेभनले बालकले आमाको बिरामी हुदाँ १० लाख समेत खर्च गरेको भेटिएको सिआइबीले जनाएको छ।

सिआइबीका अनुसार दुराचारीहरुले सुरुमा बालकको परिवारसंग नजिकिएर दुराचार गर्ने गरेको छन्। गरिब परिवार र कम शिक्षित परिवालाई आर्थिक प्रभावमा सजिलै पार्न सकिने भएकोले उनीहरुले यस्तो तरिका अपनाउने गरेको प्रहरीको भनाई छ। 

विदेशी नागरिकले अधिकांश गरिबी परिवारका बालकलाई बिभिन्न प्रलोभनमा पारेर दुराचार गर्ने गरेको प्रहरीको भनाई छ। प्रहरीको तथ्यांक अनुसार काठमाडौं आसपासका बालबालिकामाथि बढी यौनदुराचार हुने गरेको छ। 

यस्तो छ देश भरको बाल यौनदुराचारको तथ्यांक

प्रहरीको तथ्यांक अनुसार बाल यौनदुराचारका घटना देश भरी नै हुने गरेका छन्। प्रहरी प्रधान कार्यालयको बाल यौनदुराचारको देश भरको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०-७१ मा बाल यौनदुराचारको घटना २० थियो। आर्थिक वर्ष २०७१-७२ मा बाल यौनदुराचारको संख्या बढेर २२ पुगेको थियो। आर्थिक वर्ष २०७२-७३ र ०७३-७४ मा समान २०-२० वटा बाल यौनदुराचारका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।

आर्थिक वर्ष २०७४-७५ को साउन महिनामा मात्र उपत्यकामा ७ वटा बाल यौनदुराचारका घटनामा मुद्दा दर्ता भएको र सबै जिल्लाको तथ्यांक आइनसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

यस्तो छ कानुनी सजाय

मुलुकी ऐनको १४ नम्बर महलको जबरजस्ती करणी बाल यौनदुराचारका बारेमा उल्लेख गरिएको छ। ऐनको ९ को दफा (क) मा कसैले नाबालकसँग अप्राकृतिक मैथुन गराएमा जबरजस्ती करणी गरेको ठहर हुने व्यवस्था गरेको छ।

जस अन्तर्गत १० वर्षभन्दा मुनिको बालबालिकालाई करणी गरेमा १० देखि १५ वर्षसम्मको कैद त्यस्तै १० वर्षदेखि १४ वर्षसम्मकोलाई करणी गरेमा ८ देखि १२ वर्षसम्म कैद, १४ देखि १६ वर्षसम्मकालाई करणी गरेमा ६ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था कानुनले गरेको छ ।

त्यस्तै नाबालकको उमेर र उसलाई पुग्न गएको क्षतिको समेत विचार गरेर क्षतिपूर्ति भराउने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.