|

काठमाडौं : आर्यन सिग्देल र साम्रज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ले सुखद व्यापार गरिरहेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मको प्रदर्शनको पहिलो दिन ६० प्रतिशत ओपनिङ अकुपेन्सी रहेको थियो भने शनिवार फिल्मले सतप्रतिशत अकुपेन्सी कायम गरेको छ। फिल्मले पहिलो दिन ३४ लाख ६५ हजार ५ सय ९४ रुपैयाँ कलेक्सन गरको थियो भने दोस्रो दिन ६२ लाख २ हजार ४ सय ३३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

कायरालाई दर्शकल पनि रुचाइरहेका छन्। लभस्टोरी फिल्म मन पराउँने दर्शकले यस फिल्मलाई उत्कृष्ट भएको प्रतिकृया दिइरहेका छन्। दर्शकले खासगरी आर्यन र साम्राज्ञीको जोडीलाई रुचाएका छन्।

शनिवार फिल्मका कालाकार दर्शकसँग साक्षत्कार गर्न हलसम्म पुगेका थिए। हलसम्म पुगेका आर्यन र साम्राज्ञी दर्शकबाट घेरिए। उनीहरुसँग सेल्फी खिच्ने दर्शकको जमात निकै ठुलो थियो। मध्यान्तरपछि अष्टनारायण छिरेका आर्यन र साम्राज्ञीले फिल्मको प्रदशर्नलाई रोकेर दर्शकलाई अभिवादन गरे भने फिल्म रुचाइदिएकोमा धन्यवाद समेत दिए।

शनिवार दिउँसोदेखि साँझसम्म काठमाडौंका मल्टिप्लेक्स हलहरु जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा फिल्मले पाएको सबै शोमा हाउसफुल थिए भने सिंगल हलहरु गोपीकृष्ण, गुण, गंगामा पनि दर्शकको उच्च उपस्थिती रहेको थियो।

यस्तै, मोफसलमा पनि फिल्मो व्यनपनर उच्च छ। चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक सुनील मानन्धरले जानकारी दिए। उनले ‘कायरा’ को कलेक्सन यस वर्ष प्रदर्शनमा आएका फिल्म भन्दा उच्च रहेको दाबी गरेका छन्। उनले फिल्मको दुई दिनको कलेक्सन करोड माथि हुने बताए।

फिल्मका निर्माता समेत रहेका अभिनेता आर्यन सिग्देलले दर्शकको साथ र मायाबाट आफु प्रफुलित भएको सुनाए। उनी भन्छन्, ‘ओपनिङदेखि नै पानी परिरहेको छ। तर दर्शकले पानीलाई पनि मात दिएर हलसम्म गएर सिनेमा हेरिरहनु भएको छ, त्यो हाम्रो लागि खुसीको कुरा हो।’

अभिनेत्री साम्राज्ञी फिल्मलाई मिलेको सुखद प्रतिक्रियाबाट उत्साहित भएको बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो मिहिनेत कस्तो होला भन्ने खुबै डर थियो। दर्शकले राम्रो भन्दा मन फुरुङ्ग भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.