|

बुटवल : चिकित्सकको लापरवाहीबाट आफ्ना सहपाठीको मृत्यु भएको भन्दै रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीले अस्पताल तोडफोड गरेका छन्। 

५ दिन अघि पिलो भएर अप्रेसनपछि आराम गरिरहेका धनुषाका २४ वर्षीय महादेव शाहको मृत्यु भएपछि विद्यार्थीले कलेजले सञ्चालन गरेको अस्पताल तोडफोड गरेका हुन्। उनी बीडीएस चौथो सेमेस्टरमा अध्ययनरत थिए। अस्पतालको आकस्मिक कक्ष तोडफोडबाट सिसा र फर्निचरहरू फुटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए।

विद्यार्थीको तस्वीर खिच्ने क्रममा विद्यार्थीले एपीवान् टीभीका संवाददाता राधेश्याम विश्वकर्मा र इमेज टीभीका संवाददाता दीपक घिमिरेको क्यामेरामा समेत क्षति पुर्‍याएका छन्। अस्पताल प्रशासनले विद्यार्थीसँग वार्ताका माध्यमबाट सहमति गर्ने भन्दै वार्ताका लागि बोलाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.