|

काठमाडौं : रिलिज मिति नजिकिँदै गर्दा फिल्म 'मिस्टर भर्जिन'ले आफ्नो प्रचारप्रसारलाई तीव्र पारिरहेको छ। प्रचारप्रसारकै लागि निर्माण युनिट मोफसल टुरमा निस्किएको छ। आज आइतबार पोखरास्थित मिड टाउन सिनेमा हल अगाडी ४ बजे कलकार सहितको सांगीतिक कार्यक्रम हुने फिल्म निर्माण युनिटले जनाएको छ।

मोफसल टुरमा निस्किएको टिमले दर्शक तथा सञ्चारकर्मीसँग प्रत्यक्ष भेटघाट पनि गर्नेछन्। टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिस्का पोख्रेल, रविन्द्र झा सहित अन्य गायक गायिका पनि सहभागी रहनेछ।

पोखरा पछि २१ गते बुटवल र चितवन, २२ गते हेटौंडा र त्यसपश्चात क्रमस: धरान, बिर्तामोड, दमकपछि टिम काठमाडौं आइपुग्नेछ।

दर्शकका लागि फिल्मको कथाबस्तु निकै नौलो रहेकाले पनि जनमानससम्म यो कुरा पुर्‍याउनका लागि पनि यो टुर आवस्यक रहेको निर्देशक बिशारद बस्नेतले बताए।

'वर्ल्ड वाइड फिल्म ड्रिस्टिब्युसन'को व्यानरमा निर्माण भएको यस फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका छन्। केही भर्जिन पात्रहरूको यौन मनोविज्ञानमा आधारित रहेर निर्माण भएको फिल्ममा गौरव पहरी, मरिष्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रवीन्द्र झा, सृजना सुब्बालगायतको मुख्य भूमिका रहेको छ।

खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको यस फिल्ममा सन्दीप उप्रेती र मनीष खत्री सहनिर्माता रहेका छन्। रामेश्वर कार्कीले खिचेको फिल्मलाई मिलन काप्रीले सम्पादन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.