|

पर्वत : शनिबार रातीदेखि परेको अबिरल वर्षाको कारण हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र बेनी-जोमसोम सडकखण्ड अबरुद्ध भएको छ। बेनी-जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-२ र ३ वडामा पर्ने चमेरे र बैंसरीमा पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढाले जानकारी दिए।

बैंसरीमा पहिरोले ३३-११ केभीए हाइटेन्सन लाइनका खम्बासमेत खसालेकोले जिल्लाको उत्तरी भेगमा विद्युत आपूर्ति समेत बन्द भएको छ। रघुगंगाकै चमेरेमा पनि माथिबाट झरेको लेदो थुप्रो सडकमा बाक्लो गरी जम्मा भएका कारण सवारी आवागमन बन्द भएको छ। 

पहिरो पन्छाउने प्रयास भइरहेको तर अबिरल वर्षाका कारण बाटो संचालन गराउन गर्न अझै नसकिएको प्रहरी नायव उपरीक्षक बुढाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.