|

काठमाडौं : अमेरिकामा बसेर लामो समयदेखि नेपाली साहित्य लेखनमा क्रियाशील स्रष्टा गोविन्द गिरी 'प्रेरणा'को ३२औँ कृति 'लिभिङ टुगेदर' सार्वजनिक भएको छ।

नेपाली समाज साहित्य लेखन तथा कलाकारितामा आफूलाई अब्बल सावित गरेका नारीहरू शान्ता चौधरी, मोमिला जोशी र दीपाश्री निरौलाले उक्त कृतिको सामूहिक रूपमा विमोचन गरे।

प्रेरणाले आफ्नो ३२औँ कृति विमोचन गर्न पाउँदा आफुलाई भाग्यमानी सम्झेको बताए। तर आफ्नो किताबभित्र के विषयवस्तु छ भन्ने बताउन चाहेनन्। 'लेखकको काम त लेख्ने हो', उनले भने, 'यो काठमाडौं शहरमा दुई वर्षअघि मैले देखेको र सुनेको विषयवस्तुलाई मिहिन ढंगले लेख्ने प्रयास गरेको हुँ। राम्रो या नराम्रो, त्यो पाठकलाई जिम्मा दिएको छु।' 

नेपाल कम्युनिस्ट पार्टीकी सचेतक तथा लेखक शान्ता चौधरीले पुस्तक नेपाली साहित्यको उचाइ थप्न कोसेढुंगा सावित होस् भन्ने शुभकामना दिइन्। आफू बच्चैदेखि अर्काको घरमा कम्लहरी बस्नुपरेकाले पढ्न नपाए पनि राजनीति र साहित्यको झुकावले धेरै पछि मात्र अक्षर चिन्ने मौका पाएको स्मरण गर्दै उनले भनिन्, 'सामाजिक विषयवस्तुमा लेखिएका यस्ता पुस्तकले सधैँ साहित्यमा झुकाव राख्न अभिप्रेरित गरिरहन्छन्।'

नेपाली चलचित्रकी निर्देशक तथा कलाकार दीपाश्री निरौलाले विदेशमा बसेर पनि नेपाली साहित्यलाई माया गरेको देख्दा आफू खुसी भएको धारणा राखिन्।लेखकलाई माटो साहित्यकारको उपमा दिन चाहेको बताउँदै उनले थपिन्, 'विदेशी भूमिमा व्यस्तताको बाबजुद पनि कला साहित्यलाई माया गर्ने मान्छे कमै देखेकी छु। आज त्यही कला र साहित्यप्रेमी मान्छेको किताब विमोचनको साक्षी बस्न पाउँदा गौरवान्वित भएकी छु।'

गोविन्द गिरी प्रेरणाको विवाह उत्सवको तीसौँ वर्ष गाँठको उपलक्ष्यमा बीएन पुस्तक संसारले लिभिङ टुगेदर बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.