|

दाङ: धनगढीबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक बस तुलसीपुर सडक खण्ड अन्तर्गत पर्ने ग्वारखोलाले बस बगाएको छ। आइतबार साँझ ५ बजेतिर धनगडीबाट तुलसीपुर आउदै गरेको  ना ४ ख ८१३६ नम्बरको यात्रुबहाक बस खोलाले बगाएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव  प्रकाश सापकोटाका अनुसार  बसमा १७ जना यात्रु रहेका थिए। जसमध्ये  ११ जना घाईते छन्। ११ घाइतेमध्ये दुईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको अहिले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको सापकोटाले बताए। 

 स्थानीय गाडिहरु सहजै वारपार गरे पनि धनगडिबाट आएकाले गाडीले सडक 'कजवे' पत्ता नलगाउँदा खोलाले गाडि बगाएको डिएसपी सापकोटाले बताए। 

दाङ बबई, कटुवा खोला,सेवार, गुर्जे, गुहार लगाएतका खोलामा समयमा पुल निमार्ण नहुदाँ यात्रुहरुले जोखिममा यात्रा गर्न बाध्य भएका छन्। तुलसीपुर, घोराही र लमही सडक खण्डमा आधा दर्जन पुलहरु निर्माणको काम भइरहेको छ। समयमै पुल निर्माण गर्न ध्यान नदिनु तथा उपयुक्त डाइभर्सन नबनाउनुले गर्दा पुल निर्माणाधिन क्षेत्रमा बढी जोखिम बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.