|

पर्वत: मोदी गाउँपालिका–६ बेतेनीमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। पोखराबाट मुस्ताङ जाँदै गरेको ग १ ख ५५९८ नम्बरको बस दुर्घटना भएको पर्वतका ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए।

घाइतेमध्ये बढी चोट लागेका ६ जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने १३ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको छ। गाडीमा २८ जना रहेका थिए। अरू सकुशल रहेको ट्राफिक प्रहरी प्रमुख राभाटले बताए।

चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.