|

हिन्दू धर्मावलम्बीहरुको साउन महिना विशेष मानिन्छ। साउन महिनामा भगवान शिवको पूजा-आराधना गरिन्छ। भक्तजनहरु यो महिनाको सोमबार बोलबम यात्रा गर्दछन्। कुनै बिशेष जलासयमा जम्मा भएर नुहाएर त्यहाँको जल लिएर पैदल यात्रा गर्दै शिवालयहरुमा चढाउने पनि गरिन्छ।

साउनको हरेक सोमबार भगवान शिवको आराधना एवं ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

काठमाडौमा यो बोलबम यात्रा सुन्दरीजलबाट पशुपति सम्म गरिन्छ। साउन महिनाको आकर्षणका रुपमा रहने बोलबम साउनको पहिलो सोमबारबाट सुरु हुन्छ। तेस्रो सोमबारको दिन यसलाई अझ विशेष यात्राका रुपमा लिइन्छ।  

अाज पनि बोलबम यात्राको लागी भक्तजन हरु राति देखिनै सुन्दरीजल पुगेका थिए। झरी ठुलै परिरहेको थियो तर तिर्थयात्रीको यात्राभने झरीले रोक्न सकेको थिएन। 

झरीमै सुन्दरीजलमा स्नान गरेर जल लिएर पशुपतिको यात्रा गर्दै बोलबम यात्रीहरु:

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.