अपहरणमा परेका बालकको हत्या

|

काठमाडौंः काठमाडौंको काँडाघारीबाट ११ वर्षका बालकलाई नियन्त्रणमा लिएर हत्या गर्ने दुबै जना प्रहरी इन्काउन्टरमा मारिएका छन्। बालक अपहरणमा परेपछि प्रहरीले ठूलो टिम परिचालन गरेर खोजतलास गरेको थियो। अपहरणमा परेका बालकको शव भक्तपुरको ठीमीमा हत्या गरिएको अवस्थामा फेला परेको थियो। अपहरणमा परेका निशान खड्काको शव भक्तपुरको ठिमीमा भेटिएको हो। 

प्रहरी इन्काउन्टरमा गोपाल तामाङ र अजय तामाङ नाम गरेका दुई युवाहरु मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ। बालकलाई अपरण गरेर उनीहरूले हत्या गरेका थिए। बालकको हत्या गर्ने दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा मुठभेड भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.