मनोरञ्जन

प्रदीप खड्का स्टारर 'रोजी'को गीत रिलिज
SHARES

साउन २१, २०७५

    काठमाडौं : प्रदीप खड्का स्टारर फिल्म 'रोजी'को पहिलो गीत रिलिज भएको छ। सोमबार युट्युबमार्फत फिल्ममा समावेश 'फूल होइन' बोलको गीत सार्वजनिक गरिएको हो। एलिश कार्कीको संगीत रहेको उक्त गीतमा राजेशकुमार श्रेष्ठको शब्द तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ।

    गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार प्रदीप खड्का र मिरुना मगर फिचरिङ छन्। सुन्दर लोकेशनमा खिचिएको भिडियोमा प्रदीप र मिरुनाको जोडी सुहाएको देखिन्छ। भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।

    'गोपीकृष्ण मुभिज्' को व्यानरमा निर्माण भएको 'रोजी'लाई निरक पौडेलले निर्देशन गरेका छन्। उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा आर्या पौडेल र आरोही केसी निर्माताको रुपमा रहेका छन्।

    भदौ २२ गतेलाई प्रदर्शन मिति तय गरेको यस फिल्ममा प्रदीप र मिरुनासँगै परमिता राज्यलक्ष्मी राणा, कर्माको पनि मुख्य भूमिका रहेको छ। फिल्मको कथा अनुप सापकोटाले लेखका हुन् भने पटकथा तथा संवाद केदार भुसालले तयार पारेका छन्।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]