|

डोल्पा : निरन्तरको बर्षातसँगै ठूलीभेरी नदिमा पानीको बहाव उच्च भएपछि सदरमुकाम दुनैसहित नदी तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेकाछन्। दिनप्रति दिन ठूलीभेरीमा पानीको बहाव बढ्न थालेपछि सदरमुकाम दुनै, भित्ती, त्रिपुराकोट बगर, खदाङ,करोपगाड, त्रिबेणी लगायतका बजारहरू बाढीको उच्च जोखिममा परेका हुन्।

पानीको सतह बड्न थालेपछि तटिए क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारण त्रसित छन्। डोल्पाको सदरमुकाम दुनै हुँदै बग्ने  ठूलीभेरी १२ वर्षपछिकै सबै भन्दा ठूलो भएको छ। ठूलीभेरी यसरी उर्लिएको १२ वर्षपछि स्थानीयले अनुभव गरेका छन्। तर बुढापाकाहरू भने इतिहास मानै पहिलो घटना भएको सुनाउछन्। पहिला यसरी भेरी उर्लिएको देखेका थिएनौ स्थानीय बलबहादुर रोकायाले सुनाए। भेरी नदिको किनारामा बनेका करिव तीन दर्जन भन्दा धेरै घरहरू २ दजर्न भन्दा धेरै सौचालयहरू र २ दर्जन हाराहारी टहराहरू सबै जोखिममा रहेका छन्। 

हिँउदको समयमा भेरिको किनारामा मिचेर बनाएका घर तथा टहरा र सौचालयहरु भेरिको बहाब बढेपछि सबै उच्च जोखिममा परेका हुन। दुनैको काष्ठा उदोग नजिकै रहेका ४ वटा घरमा पानी पसेको छ। भेरीको बहाव बढेसँगै भेरीको धार बदलिएपछि ती घरहरूमा पानी पसेको हो। घरको भुइतलामा पानी पसे पनि घरमा बस्ने मानिसहरू भने अन्तजाने सुरमा छैनन्। 

खतराको पूर्व सूचना केन्द्र छैन

भेरी नदीको किनारामा रहेको कर्णाली प्रदेशको एक मात्र जिल्ला सदरमुकाम दुनै पर्दछ। कम क्षेत्रफलमा रहेको यो सदरमुकाम बाढी भन्दा पनि भेरीको उच्च बहावको कारण वर्षा याममा हरेक वर्ष उच्च जोखिममा रहने गर्दछ। भेरीको उच्च जोखिममा रहेको भएपनि हालसम्म कुनै पनि खतराका पूर्व सूचना दिने यन्त्र तथा पूर्व सूचना केन्द्र भने छैनन्। लाखौ क्यूसेक पानीले केही मिनेट मात्र धार परिवतर्न गरेमा करोडौको क्षतिका साथै मानवीय क्षति समेत ब्याेहोर्नु पर्ने भए पनि सरकारले कुनै चासो नदिएको स्थानीय लेखनाथ केसीले गुनासो गरे। उनका अनुसार उच्च जोखिममा छ भन्ने मात्र गरिन्छ। तर भेरी नदीको किनारामा घर तथा टहराहरू निर्माणमा स्थानीय सरकारले हालसम्म रोकतोक नै लगाउँदैन। तर एउटा घर मात्र क्षति भयो भने त्यसको जवाफ कसले दिने उनले थपे। 

बिभिन्न ठाउमा तटबन्द हालिएको छ तर पनि कुनै अर्थ छैन तटबन्धको भेरीको किनारा चापेर घर निर्माण गर्नु र तटबन्ध हालेर भेरीको क्षेत्र साँघुरो पार्नुले पनि पानीको बहावले नया बाटो बनाएको स्थानी अर्जुन हिराचनले बताए। उनले भने हरेक बर्ष भेरिको किनारा च्यापन्छि पानिको बहावले नया क्षेत्रको कटौति गर्ने गर्दछ यहि अवस्था केही दिन रहे ठूलो क्षति ब्याेहोर्नु पर्ने बताए। 

जिल्ला अस्पतालसहित दर्जन कार्यालयको बाटो बन्द

भेरीको बहाव बढेसंगै दुनै बजारबाट जिल्ला अस्पताल जाने बाटो समेत बन्द भएको छ। भेरीले नयाँ धार बदलेपछि जिल्ला अस्पताल र अन्य सरकारी कार्यालय जाने बाटो जोखिममा परेको हो। जिल्ला अस्पताल लगायत जिल्ला हुलाक, जिल्ला निर्वाचन, कोष तथा लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, आयुर्वेदिक, नेपाल खाद्य संस्थान, सिचाइ कार्यालय, नेपाल रेडक्रससहति सरकारी कार्यालय जाने बाटो समेत भेरीले कटौती गरेपछि समस्या आएको छ। बाटोमा भेरीको छाल बग्न थालेपछि स्थानीय झनै त्रसित भएका छन्। निरन्तर केही दिनदेखि परेको भारी वर्षाले भेरीको पानी उच्च भएपछि दुनैमा भेरी किनारमा रहेका घर तथा टहराहरू जोखिममा रहेको स्थानीय कमल क्षत्रीले बताए। उनले भने सरकारी कार्यालय जाने बाटो छैन एक्लै हिड्न समेत डर छ। रातीभर निन्द्रा लाग्दैन भेरीको गड्याङ र गुडुङले हुन त आजसम्म कुनै पनि ठूलो क्षति गरेको छैन। भेरीले तर पनि यस वर्ष धेरै बर्षपछिको ठूलो भेरीले खतरा निम्त्याउन कुनै बेर छैन क्षत्रीले आशंका गरे। 

बिपतका बेला उद्धारका कुनै पनि सामग्रीहरू छैनन् 

जिल्ला बिपत ब्यवस्थापन समिति डोल्पामा बिपत परेको बेलामा उद्धारका कुनै पनि समाग्रीहरू छैनन्। जिल्लाबाट आवास्यक सामग्रीहरू गृहमन्त्रालयमा माग गरेको महिनौ भए पनि हालसम्म मन्त्रालयबाट ती सामग्रीहरू जिल्लामा आउन नसेको जिल्ला बिपत ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। उनका अनुसार सामग्रीहरू जे छ त्यहि प्रयोग गरौला यदि बिपत परेको बेलामा तर दुनैमा आजै प्रहरीले माइकिङ गर्ने छ सहज हुनका लागि। र तत्काल बिपत ब्यवस्थापनको बैठक बस्ने छ। 

जिल्लामा मात्र नभएर सबै स्थानीय तहमा पनि बारम्बार पत्राचार गरी सकेको भए पनि खासै स्थानीय सरकारले वेवास्ता गरेको प्रजिअ थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.