|

काठमाडौं : मनसुन न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्का, मध्यम र केही स्थानमा भारी वर्षा भएको छ।

मनसुन न्यून चापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण अहिले काठमाडौं उपत्यकाको जनजीवन पनि अस्तव्यस्त बनेको छ।

उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुलार्इ कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति दिलाउने उद्देश्यले 'अण्डर पास वे' निर्माण हुँदै छ। 'अण्डर पास वे'को काम अन्तिम चरणमा पुगे पनि केही दिनदेखिको वर्षाले यस क्षेत्रमा चल्ने सवारी साधन तथा पदैल यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य छन्। हिलाम्मे बाटोमा पैदल यात्रु सास्तीपूर्ण यात्रा गरिरहेको देखिन्छन् भने सवारी साधनको चाप पनि उस्तै देखिन्छ।

हेर्नुहोस् फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.