|

सोलुखुम्बु : गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीहरुको उद्धारका लागि जिल्ला प्रशासन कार्यfलय सोलुखुम्बुले गृहमन्त्रालय समक्ष सहयोग मागेको छ। तीन दिनदेखि बेपत्ता उनीहरूको खोजीमा जिल्लाको प्रयास असफल भएपछि सोमबार सुरक्षा समितिको बैठक बसेर गृहमन्त्रालयमा सहयोगको लागि अनुरोध पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए।

शवमाथि नदेखिनुका साथै ताल चिसो र गहिरो भएकाले उद्धारको प्रयास सफल हुन नसेको प्रजिअ रानाको भनाइ छ। उनले भने, 'उद्धारका लागि आइतबार नेपाली सेना पनि परिचालन गरिएको तर तालिम प्राप्त जनशक्ति अनी प्रयाप्त साधन नहुँदा उद्धार गर्न सकिएन।'

उद्धारका लागि गृहमन्त्रलायबाट साधन सहितको थप दक्ष जनशक्ति गोक्यो आउने प्रमुख जिल्ला अधिकारी रानाले विश्वास व्यक्त गरे। घटनास्थल आसपासमा सञ्चार सम्पर्कसमेत नहुने भएकाले सञ्चार सम्पर्क गर्नसमेत करिब दुर्इ घण्टाको पैदल यात्रामार्फत तल झर्नु पर्ने प्रहरीले जनाएको छ।

गोक्यो भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका तीनजना विद्यार्थी शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका हुन्। नुहाउने क्रममा बेपत्ता हुनेमा खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा पेम्बा, नुरु शेर्पा र सुनिल बराइली रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.