|

दैलेख : जंगली जनावरले वर्षेबाली मकै नष्ट गर्न थालेपछि दुल्लु नगरपालिका-१०, भैरवी गाउँपालिका-२ र नारायण नगरपालिका-१ का किसान चिन्तित बनेका छन्। मुख्य खाद्यबालीका रूपमा रहेको मकै लगातार जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन्।

मकैको घोगा लाग्ने बेला जंगली जनावर बंदेल, दुम्सी र बाँदरले मकैबाली नष्ट गर्न थालेपछि अनिकाल पर्ने चिन्ताले पिरोल्न थालेको दुल्लु नगरपालिका १० का स्थानीय कृषक भद्रबहादुर थापाले बताए। राति पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको स्थानीयको भनाइ छ। टहरा बनाएर राति पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको दुल्लु नगरपालिका १० का अर्का किसान दुर्गा योगीले बताए।

यस्तै भैरवी गाउँपालिका २ मा बदेलले आतंक मच्चाउन थालेको छ। बंदलेबाट मकै जोगाउन यस क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन्। रातभर खेतमै बस्नु परेपछि बाजागाजा लगेर नाचगान गर्ने गरेको स्थानीय कृषक रमेश थापाले बताए। पानी समयमा नपर्दा धेरै ढिला गरी मकै लगाएका यहाँका किसानहरू अहिले बंदेलले मकै नष्ट गर्दा झनै चिन्ता थपिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.