|

ब्राजिलियन विंगर विलियन बार्सिलोना आउने सम्भावना कमजोर बनेको छ। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि चर्चित क्लबको नजरमा परेका २९ वर्षे स्टारले तत्काल चेल्सीमा नै रहने इच्छा देखाएपछि उनको बार्सिलोना आगमन संकटमा परेको हो।

पाँच वर्षदेखि चेल्सीमा रहेका विलियनले अरु क्लब जाने तयारीमा रहेको खबर सार्वजानिक भएपछि औपचारिक रुपमा आफ्नो धारणा सार्वजानिक गरेका हुन्। विलियनले भने ‘म के स्पष्ट पार्न चाहान्छु भने मेरो पहिलो प्राथमिक्ता चेल्सी नै हो। म चेल्सीमा नै रहन चाहान्छु ।

उनले बार्सिलोनाले मात्र औपचारिक प्रस्ताव पेश गरेको जनाएका छन्। तर विलियनलाई म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडले पनि भित्राउन चासो दिएको खबर सार्वजानिक भएपनि उनले अन्य क्लबबाट औपचारिक जानकारी नआएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.