|

काठमाडौं : आर्यन अधिकारी र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'बाँध मायाले'को शीर्ष गीतको छायांकन सकिएको छ। कुलेखानी आसपासमा खिचिएको उक्त भिडियोका केही तस्विरहरु निर्माण युनिटले बाहिर ल्याएको छ।

सार्वजनिक तस्विरहरुमा आर्यनले सृष्टिलाई आफ्नो अंगालोमा बाँधेका छन्। तस्विरहरु हेर्दा आर्यन र सृष्टिको जोडी सुहाएको देखिन्छ, जहाँ उनीहरु एक अर्काको प्रेममा मस्त देखिन्छन्। अर्जुन पोखरेलले संगीत दिएको यस गीतको भिडियोमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्।

गीतको भिडियो छायांकनमा धेरै मिहिनेत गरिएको फिल्मका निर्देशक सविर श्रेष्ठले बताए। उनले भने, 'गीत संगीत र छायांकनमा निकै मिहिनेत गरेका छौं। दर्शकले मन पराउनु हुन्छ भन्ने विश्वास छ।' निर्देशक श्रेष्ठका अनुसार फिल्मको शीर्ष गीत केही दिनमा नै सार्वजनिक गरिने छ।

असोज ५ गतेलाई आफ्नो प्रदशर्न मिति तय गरेको 'बाँध मायाले'मा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि मुख्य भूमिका रहेको छ भने यसै फिल्मबाट किशोर खड्काले पनि नायकका रूपमा डेब्यु गर्दैछन्। रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.