|

गोरखा : रस्साकस्सीकै बाबजुत प्रदेशको नाम गण्डकी राखेको प्रदेश ४ ले राजधानी भने सर्वसम्मत पारित गर्‍यो। अहिले गण्डकी प्रदेश सरकार प्रदेशको लोगो कस्तो बनाउने भन्ने ध्यानमा छ। प्रदेश सरकारले सार्वजनिक सूचनै जारी गरेर उत्कृष्‍ट लोगो बनाउनेलाई पुरस्कारको व्‍यवस्थासमेत घोषणा गरेको  छ। सरकारले गण्डकी प्रदेशका माननीय सदस्यहरुको लोगो तथा पोसाक सिफारिस समितिसमेत गठन गरेको छ। गण्डकी प्रदेशले प्रदेशसभा गठनको करिब ६ महिनापछि लोगो निर्माणको तयारी थालेको हो।

संसदमा रहेका सबै दलका सचेत तथा प्रतिनिधिहरुलाई लोगो तयार गर्ने जिम्मा दिइएको समितिका सदस्य मायानाथ अधिकारीले जानकारी दिए। ‘संसदले समितिलाई जिम्मा दिएको हो’ अधिकारीले भने ‘समितिले एक महिना भित्र कार्यब्यवस्था परामर्श समितिमा बुझाउँछ। त्यसकै लागि समितिले सार्वजनिक सूचना नै जारी गरेको छ।’ प्रदेशको सबै क्षेत्र, भेषभूषा झल्कने लोगो तयार हुने उनको भनाई छ। लोगोले प्रदेशमा भएका प्राकृतिक हिमश्रृंखलादेखि लिएर पर्यटकीय क्षेत्र, सांस्कृतिक विविधता, जिल्लाको झल्को दिने उनले बताए।

यस्तै, समितिका अर्का सदस्य तथा नयाँ शक्तिका सांसद हरिशरण आचार्यले कार्यविधी बनाएर अगाडि बढ्ने बताए। ‘सबै क्षेत्रको सुझाब संकलन गरेर लोको निर्धारण हुन्छ’ उनले भने ‘जारी भएको सूचनामै उल्लेख गरिएको छ नी। विभिन्न ब्यक्ति, फर्महरूले लोको बनाएर यहाँ पठाउन सक्नेछन्। उत्कृष्ठलाई छनोट गरी २५ हजार पुरस्कार दिइनेछ।’ छनोट भएको लोगोलाई प्रदेशसभाबाट सार्वजनिक गरिने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.