|
प्रतीकात्मक फोटो

लहान : सप्तरीको कञ्चनरुप नगरपालिका ११ स्थित पूर्व-पश्चिम सडकमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय थिरी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार स.८ प ६००३ नम्बरको मोटरसाइकल चढेर पश्चिमबाट पूर्वतर्फ गइरहेका बेला मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चौधरी गम्भीर घाइते भएका थिए।

घाइते चौधरीलाई तत्काल उद्धार गरी स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचारका लागि भर्ना गरिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.