|

उदयपुर :  लिम्चुङबुङ गाउँपालिका– ३ दोबाटे डाँडामा आठ हिमश्रृंखला अवलोकन गर्ने सकिने एभरेष्ट 'भ्यु टावर' बन्ने भएको छ। लिम्चुङबुङ गाँउपालिकाले चार वर्षभित्र सम्पन्न गर्ने गरी एभरेष्ट भ्यु टावरको काम थालेको हो।

आन्तरिक तथा बाह्य पर्यटन भित्र्याएर लिम्चुङबुङ लाई पर्यटकीय क्षेत्र बनाउन एभरेष्ट भ्यु टावर निर्माण गर्न लागिएको लिम्चुङबुङ गाँउपालिकाका अध्यक्ष मेजर राईले जानकारी दिए। ‘एभरेष्ट भ्यु टावर ७२ फिट अग्लो हुनेछ। टावरको टुप्पोमा किराती सभ्यता झल्काउने चिन्डो निर्माण गरी 'बाइनाकुलर' राखिने छ,’ उनले भने, ‘टावरको डिजाइन भइसकेको छ। यसको लागत १० करोड रुपैयाँ अनुमान गरिएको छ।’एभेष्ट भ्यु टावर बन्ने दोबाटे डाँडाबाट हाल विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, लोत्से, मकालु, चोयु, चारपाटे, गौरी शंकर जुगल हिमाल देखिन्छ। यहाँ असोजदेखि जेठ महिनासम्म हिमशृंखला हेर्न पाइन्छ। 

अध्यक्ष राईका अनुसार लिम्चुङबुङ पार्कमा रहने भ्युटावरबाट उत्तरतिर हिमश्रृंखला दक्षिणतिर तराईका क्षेत्र हुँदै भारतसम्म अवलोकन गर्न सकिनेछ। लिम्चुङबुङपार्कमा रहने एभरेष्ट भ्यु टावरको डिजाईन पर्यटकीय क्षेत्रको परिकल्पनाकार तथा सुन्दरी विज्ञ विक्रम श्री र भारत आसमका मिथुमहलरीले गरेका छन्।

अत्याधुनिक सेवा सुविधा भएको लिम्चुङबुङ पार्क सहितको एभरेष्ट भ्यु टावर निर्माण गर्न लागेको गाँउपालिकाकाले जानकारी दिएको छ। लिम्चुङबुङ हुँदै खोटाङको हलेसी जोड्ने छोटो दूरीको सडक पनि निर्माण गर्न थालिएको लिम्चुङबुङ गाँउपालिका– १ का वडाध्यक्ष भीम राईले जानकारी दिए। 

भ्यु टावरको नक्सा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.