|

भारतीय क्रिकेटर सचिन तेन्दुलकरको नाम विश्व क्रिकेटमा सर्वाधिक सफल नाम हो। मास्टर ब्लास्टर तेन्दुलकरका नामले पनि चिनिने अहिलेपनि भारतमा क्रिकेटका भगवानका रुपमा नै रहने गरेका छन्। यिनै क्रिकेटका भगवान तेन्दुल्करले वर्तमान क्रिकेटका उम्दा ब्याट्सम्यान विराट कोहलीलाई केहि सल्लाह दिएका छन्।

इंग्ल्यान्ड विरुद्धको पाँच टेस्टका लागि इंग्ल्यान्डमा रहेको भारतीय टिमका कप्तान कोहली पहिलो खेलमा आफ्नो राम्रो व्यक्तिगत प्रदर्शनमा पनि टिमलाई जिताउन नसकेपछि कतिपयले कप्तानको रुपमा कोहलीले नैतिक रुपमा हारको जिम्मेवारी लिनु पर्ने बताइरहँदा तेन्दुलकरले कोहलीलाई सुझाव दिँदै भनेको छन् ‘आसपास धेरै कुराहरू हुन्छन्। तर आफ्नो लक्ष्य के हो त्यसमा ध्यान दिनुपर्छ। जीवनमा आफ्नो लक्ष्यअनुसार अघि बढे सफल होइन्छ।’

तेन्दुलकरले भनेका छन्, ‘कोहलीलाई म आफ्नो अनुभव भन्छु, जीवनमा जतिपनि रन बनाउ त्यो कम नै हुन्छ। जुन दिन तिमी आफ्नो प्रदर्शनबाट सन्तुष्ट हुन्छौ त्यो दिनबाट तिम्रो पतन सुरु हुन्छ।’

सचिनले कोहलीलाई अरुले के गर्छन र भन्छन् भन्दा पनि आफू असन्तुष्ट रहँदै लक्ष्यमा अघि बढ्न सुझाव दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.