|

अर्घाखाँची : जिल्लाका दुई छुट्टाछुट्टै २ गाउँपालिकामा भेटिएका दुईजना मृत व्यक्तिको हत्या आरोपीहरूलाई  प्रहरीले जिल्ला अदालत अर्घाखाँची बुझाएको छ।

०७५ साउन ११ गते मालारानी गाउँपालिका-३ बस्ने वर्ष ४५ का भोजबहादुर चौहानलाई हत्या गर्ने सोही स्थानकै डिलबहादुर खनाललाई प्रक्राउ गरी आवश्यक प्रक्रिया प्रमाणसहित जिल्ला अदालतमा प्रस्तुत गरिएको प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए। घरबाट भैँसी किन्न भने हिँडेका चौहानलाई मृत अवस्थामा खनालकै घरको दलानमा फेला पारिएको थियो।

खनालले नै हत्या गरेको आवश्यक प्रमाण मिसिलसहित अदालतमा पेस गरिएको मल्लको भनाइ रहेको छ। हाम्रोतर्फबाट प्रस्ट प्रमाणसहित अदालत पेस गरेका छौँ, ‘अदालतबाट म्याद थप भएको छ’ प्रमुख मल्लले भने।

यस्तै जिल्लाकै छत्रदेव गाउँपालिका-७, साविक भगवती गाविसको काउलेकी ६४  वर्षीया वृद्धा श्यामकला पाण्डेलाई २०७४ साल असोज ३ गतेका हत्या गर्ने छिमेकी महिला ५५ वर्षीया उमा पाण्डेलाई प्रहरीले अदालतमा बुझाएको छ। पाण्डेलाई पनि म्याद थप भएको छ। श्यामकलालाई दाउराले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मल्लले जानकारी दिए। 

एक वर्ष अघि रक्ताम्मे अवस्थामा आफनै घरमा पाण्डे मृत अवस्थामा फेला परेकी थिइन्। उनी घरमा एक्लै बस्दै आएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.