|

काठमाडौं: काँडाघारीबाट आइतबार साँझ ११ वर्षीय बालक निशान खड्काको अपहरण भयो। उनको अपहरण भएको तीन चार घन्टा भित्रै हत्या भइसकेको प्रहरीको भनाई छ। अपहरणकारीको समेत प्रहरीको इन्काउन्टरमा परि मृत्यु भइसकेको छ ।

तर इन्काउन्टर 'फेक' भएको भन्दै प्रहरी आलोचित भएको छ। एकातिर प्रहरीले निशानको जिवितै उद्धार गर्न सकेन भन्ने प्रश्न उठेको छ, भने अर्को तिर अपहरणकारी भनिएकालाई पक्राउ पछि हत्या गरिएको भन्ने प्रश्न पेचिलो बन्दै गएको कतिपयको भनाई छ।

कतिपय सुरक्षा जानकारका अनुसार प्रहरीको इन्काउन्टरमा मारिएका भनिएका  अपहरणकारी नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङको इन्काउन्टर नभई पक्राउ पछि हत्या गरिएको जस्तो देखिएको उनीहरुको भनाई छ।

अपहरणकारी भनिएका गोपाल तामाङ र अजय तामाङको खुट्टामा चम्पल हुनु, दुबै जनाको एकै ठाँउमा इन्काउन्टर हुनु, स्थानीय बासीले पक्राउ गरे पछि हत्या गरिएको हो, भन्नुले नेपाल प्रहरीले भन्ने गरेको इन्काउन्टर प्रति प्रश्न उठ्नु स्भाविक भएको पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल ठकुरीको भनाई छ।

निशानको अपहरण पछि सर्च एण्ड रेस्क्यूमा पुगेका महानगरीय अपराध महाशाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवरका अनुसार 'अपहरणकारीलाई निशानकी आमा चमेली खड्काले जग्गा किन्छु खोजिदिनु भनेका रहेछन्, सोही आधारमा चमेलीसंग पैसा भएको अनुमान गरेर बालकको अपहरण भएको देखियो,' उनले थपे ' बच्चाको अपहरण भएको एक दुई घण्टामै कोठाभित्र लिएर हत्या गरिसको देखियो। चिनेकै मानिसबाट अपहरण भएकाकारण निशानको जिवितै उद्धारको सम्भावना न्युन थियो।'

तामाङद्वयले निशानको हत्या वेलुका आफ्नै कोठमा लगेर गरेकाे र बालकको शव बोरामा हालेर नजिकैको बन्दै गरेको घरको खाल्डोमा पुरेका थिए। प्रहरीले उनको शव भक्तपुरकोमध्यपुर थिमी-९ स्थित नगदेशमा बन्दै गरेको घरको खाल्डोमा गाडेको अबस्थामा भेटेको थियो।

प्रहरीका अनुसार अपहरणकारी भनिएका अजय तामाङ र निशानका आमा चमेली खड्काको चिनजान केही वर्ष देखि नै थियो। अजय तामाङ खड्काको चिया / खाना खाने ग्राहक मात्र थिएनन्। उनी रक्सीका समेत नियमित ग्राहक थिए। बालकको शव भेटिएको एक घन्टा भित्र नै प्रहरीले भनेको इन्काउन्टरमा परी गोपाल तामाङ र अजय तामाङको समेत मृत्यु भएको थियो।

आशंका गरिएका अपहरणकारीबारे प्रहरीलाई जानकारी नहुँदा निशानको हत्या

निशान खड्कालाई अपहरण गरिको खबर प्रहरीलाई निशानकै आमा चमेली खड्काले गरेका थिए। तर शंका गरिएका अपहरणकारी भनिएका तामाङद्वयबारे प्रहरीलाई केही सूचना नहुदा निशानको हत्या भएको अनुसन्धामा खटिएका एक प्रहरी अधिकृतको भनाई छ।

'तामाङद्वय चमेलीका नियमित ग्राहक थिए। चमेलीले उनीहरुको नाम हामीलाई दिएर उनीहरु मेरा नियमित ग्राहक थिए भनेर भनेको भए हामी उनीहरुको कोठासम्म पुगेर सर्च गर्ने थियौं त्यो सूचना हामीलाई थिएन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

प्रहरीका अनुसार इन्काउन्टरमा मारिका अजय तामाङले आतबारसाँझ ६ बजेतिर चमेलीकै होटमा वियर खाएरको र  खाँदाखाँदै हतार छ भनेर भएका थिए। यो कुरा प्रहरीले सोमबार विहानमात्र थाहा पाएको प्रहरीको भनाई छ। अजयले वियर खाइरहँदा बालकलाई सुरुमा गोपाल तामाङले अपहरण गरेर कोठासम्म पुर्‍याएको प्रहरीको भनाई छ।

छ महिना भएको थियो चमेलीले चिया पसल सारेको

अपहरण पछि हत्या भएका ११ वर्षीय निशान खड्काका आमा चमेली खड्काले हाल संचालनमा रहेको काँडाघारीमा रहेको चिया पसल सारेको छ महिना मात्र भएको स्थानी बासीको भनाई छ।

उनको यस अघि काँडाघारीकै गार्डेन चोकतिर पसल भएको प्रहरीको भनाई छ। अजय तामाङ उनको पहिलाको पसलमा समेत नियमित जाने गरेको प्रहरीको भनाई छ। 'यति लामो चिनजानकै मान्छेले किन बालकको अपहरण पछि हत्या गर्ने सम्मको अपराध गरे'? यो गर्भमै रहेको एक अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको भनाई छ।

 उपत्यकामा प्रहरीको इन्काउन्टरमा परी मर्नेको संख्या पाँच

उपत्यकामा इन्काउन्टरको सुरु गर्ने पहिलो प्रहरी अधिकृत हुन् प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुस्कर कार्की। उनले २०७१ सालमा अपराधमहाशाखाको प्रमुख हुदा दिनेश अधिकारी ‘चरी' को इन्काउन्टर गरेका थिए।

उनको 'इन्काउन्टर' नभएर हत्या भएको भन्दै चर्को बिरोध भएको थियो। प्रहरीले चरीको इन्काउन्टर नभई 'हत्या' गरेको भन्दै तक्कालीन एमालेका धादिङका नेता राजेन्द्र पाण्डेले संसद नै चर्काएका थिए। त्यस्तै ०७३ भदौ ३ मा भएको कुमार श्रेष्ठ 'कुमार घैंटे'को इन्काउन्टर समेत विबादमा परेको थियो। अपराध महाशाखाकै टोलीले कपुरधारास्थित उनको घरअगाडि गोली हानेको थियो। पक्राउ गर्न खोज्ने क्रममा घैंटेले गोली हानेपछि जवाफी फायरिङमा उनको मृत्यु भएको प्रहरीको भनाइ थियो।

त्यतिबेला हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अपराध महाशाखाका प्रमुख थिए। घैटेको इन्काउन्टर नभएर हत्या भएको भन्दै कांग्रेसका युवा नेता गगन थापा राष्ट्रिय मानव अधिका आयोगसम्म पुगेका थिए। प्रहरीको इन्काउन्टरमा परी मर्ने अर्का हुन् प्रवीण खत्री। उनी ०७४ सालमा प्रहरीको इन्काउन्टरमा परि ललितपुरमा मारिएका थिए। उनलाई अपराध महाशाकोको टोलीले नै इन्काउन्टर गरेको थिए। उनको इन्कान्टर समेत विवादमा परेको थियो।

यसैगरी सोमबार मात्र प्रहरीले इन्काउन्टरमा मारिएका भनिएका निशान खड्काका अपहरणकारी गोपाल तामाङ र अजय तामाङको समेत इन्काउन्टर नभएर पक्राउ पछि हत्या गरिएको भन्ने आरोप प्रहरीमाथि छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.