|

सोलुखुम्बु : गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका एक विद्यार्थीको शव निकाल्न सफल भएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका करिब १६ वर्षीय पेम्बा नुरु शेर्पाको शव निकालेको हो।

बुधबार बिहान ९:४५ देखि खोजी कार्य सुरु गरेको टोलीले मध्यन्ह १२ बजेतिर पेम्बाको शव निकालेको सोलुखुम्बुका प्रहरी निरीक्षक हरणकुमार यादवले जानकारी दिए।

बेपत्ता भएका अन्य दुईजनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खुम्जुङ माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरू शैक्षिक भ्रमणमा जाँदा तिनहरूमध्ये तीन विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.