|

पर्वत : ६ दिनदेखि बेपत्ता रहेका पर्वतका एकजना प्रधानाध्यापक बुधबार मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कुश्मा नगरपालिका-९ कटुवाचौपारी सालबिसौनाका शिक्षक शिवप्रसाद पौडेल गएको शुक्रबार बिहानबाट बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार उनी कटुवाचौपारीकै झापेबगरस्थित अलपेश्वर गुफामा बेपत्ता भएको ६ दिनपछि टुंगाको खोंचमा च्यापिएको अवस्थामा मृत भेटिएका हुन्। उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ।

अलपेश्वर गुफाभित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शव भेटिएको हो। ३८ वर्ष लामो शिक्षणमा रहँदै आएका ५९ वर्षीय पौडेल १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। पौडेलले अन्तिम पत्र भनेर घरमा लेखेर छाडेको पत्रमा छोराछोरीलाई राम्रोसँग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको उल्लेख गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.