|

रौतहट : रौतहटमा बुधबार छुट्टाछुट्टै घटनामा दुईजनाको ज्यान गएको छ। जिल्लाको बौद्धिमाइ नगरपालिकामा एक जनाको करेन्ट लागेर र इशनाथ नगरपालिकामा एकजनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

बौद्धिमाई नगरपालिका ७ बंकुलमा करेन्ट लागेर ४५ वर्षीय सोगारत रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक मनोज यादवले जानकारी दिएका छन्। धानबारीमा पानी हाल्न मोटर जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन ।

यसैगरी इशनाथ नगरपालिका ९ डुमरीयाटोलस्थित सखुवा खोलामा डुबेर एक जना महिलाको ज्यान गएको छ। खोलमा डुबेर १९ वर्षीया हसिना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएकी खातुन हातमुख धुने क्रममा चिप्लिएर खोलामा डुबेकी थिइन।

खोलामा डुबेर बेपता भएकी खातुनलाई स्थानीय र प्रहरीको सहयोगमा झण्डै १ घण्टापछि मृत अवस्थामा फेला पारेको प्रहरी निरीक्षक यादवले जानकारी दिए। दुवै घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.