|

काठमाडौं : प्रधानसेनापती राजेन्द्र क्षेत्री ४० वर्षे सैनिक सेवाबाट बिहीबार औपचारिक रूपमा बिदा हुँदैछन्। 

२०७२ साल भाद्र २४ गते नेपाली सेनाको प्रधानसेनापतिको कमाण्ड सम्हालेका प्रधानसेनापति क्षेत्री २०३५ सालमा तत्कालीन शाही नेपाली सैनिक शिक्षालय, खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हांसिल गरी राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए। 

नेपालको इतिहासमा नेपाली सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधानसेनापति पदमा नियुक्त हुने महारथी क्षत्री पहिलो व्यक्ति हुन्। नेपाली सेनाको ४२औँ प्रधानसेनापति बनेका क्षेत्रीले प्रतिविद्रोह तथा जंगल युद्धकला, जुनियर स्टाफ, गुल्मपति र गणपति तालिमहरूमा उत्कृष्ट नतिजा हासिल गरेका थिए। सेनापति क्षेत्रीको अवकाश भने भदौ २४ मा हुने भए पनि एक महिना अघि नै बिदा बस्ने परम्पराअनुसार क्षेत्री साउन २४ बाट एक महिना लामो बिदामा बस्न लागेका हुन्। 

बिहीबारबाट बिदामा बस्न लागेपछि नयाँ प्रधानसेनापतिको जिम्मेवारी भने बलाधिकृत रथी पूर्णचन्द्र थापालाई नियुक्त गर्ने साउन ११ गतेको मन्त्रिपरिषद बैठकले गरेको छ। सोहीअनुरूप थापा बिहीबारदेखि कामुप्रधानसेनातिको रूपमा भदौ २४ सम्म कार्यभार सम्हाल्ने छन्। भदौ २४ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा व्यवस्था भएअनुरूप नियुक्त गर्ने छन्। आफू औपचारिक रूपमा बिदा हुन लागेको अघिल्लो दिन बुधबार प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाका सकल दर्जाहरूलाई आफ्नो कार्यकालमा भएका कार्यहरूको सम्पूर्ण प्रगति विवरणका बारेमा जानकारी गराएका थिए।  

१४ पृष्ठ लामो सम्बोधनमा प्रधानसेनापति क्षेत्रीले दिन प्रतिदिन सेनाको जिम्मेवारी बढ्दै गएकाले यसको दायरा पनि फराकिलो भएको र पुर्खाले निर्माण गरेको बलियो जगमा उभिएर सबै शक्तिहरूसँग हातेमालो गर्दै चुनौतीको सामना गर्न र अवसरहरूको सदुपयोग गर्दै जनताको भरोसाको केन्द्रको रूपमा रहन सकल दर्जालाई निर्देशन समेत दिए। 

यस्तो छ  प्रधानसेनापती क्षेत्रीको १४ पृष्ठ लामो सम्बोधन


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.