|

वर्षाले प्रभावित खेलमा घरेलु टोली श्रीलंकाले दक्षिण अफ्रीकाविरुद्धको चौथो एकदिवसीय खेलमा रोमाञ्चक जित हासिल गरेको छ। जारी श्रीलंका र दक्षिण अफ्रिका बिचको पाँच खेलको सिरिज अन्तर्गत चौंथो खेलमा मात्र श्रीलंकाले पहिलो जित निकाल्याे।  सिरिज भने दक्षिण अफ्रिकाले यसअघिनै कब्जा गरिसकेको छ। जितपछि सिरिज ३–१ को अवस्थामा पुगेको छ। लगातार तीन खेल जित्दै दक्षिण अफ्रिकाले सिरिज कब्जा गरेको थियो। 

बुधबार भएको खेलमा पटक–पटक वर्षा बाधक बनेको थियो। श्रीलंकाले डकवर्थ लेविस (डिएल) म्याथोडका आधारमा दक्षिण अफ्रीकालाई ३ रनले हराउन सफल भयो। केन्डीमा डिएल म्याथोडमा श्रीलंकाको लक्ष्य १ सय ९१ निर्धारण गरिएको थियो। जवाफमा दक्षिण अफ्रीकाले पुरै २१ ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ८७ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रीकाका हसीम अमलाले ४० तथा जेपी डुमिनीले ३८ रन सर्वाधिक रह्यो।

यसअघि ३९ ओभरमा घटाइएको खेलमा श्रीलंकाले दक्षिण अफ्रीकालाई ३ सय ७ रनको लक्ष्य दिएको थियो। तर, दक्षिण अफ्रीकाले जवाफी ब्याटिङ्ग गरिरहदा वर्षा भएपछि फेरि खेल २१ ओभरमा घटाउँदै दक्षिण अफ्रिकालाई १९१ रनको नयाँ लक्ष्य दिएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभरमा ७ विकेट गुमाएर ३०६ रनको उच्च योगफल तयार गरेको थियो। श्रीलंकाका डसुन शानकाले ६५ रनको अर्धशतकीय इनिङस खेल्दा थिसरा परेराले अविजित ५१ रन जोडेका थिए। त्यस्तै कुशल परेराले ५१ रन जोड्दा उपुल थरंगाले ३६ तथा निरोशन डिक्वालाले ३४ रन जोडे। दुई टोलीबीचको अन्तिम एकदिवसीय आइतबार हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.