|

गोरखा : गोरखाको ऐतिहासिक एवं पर्यटकिय स्थल पालुङ्टारको लिगलिगकोटमा अन्तराष्ट्रिय स्तरको संग्राहलय बन्ने भएको छ।

पहिलो चरणमा प्रदेश सरकारले संग्राहलय बनाउनको लागि गुरुयोजना तयार पार्न बजेट समेत विनियोजन गरेको गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङका स्वकिय सचिव आरके पोखरेलले जानकारी दिए।  ‘ऐतिहासिक ठाउँ लिगलिगकोटको छुट्टै महत्व छ’ उनले भने ‘पहिले यसको गुरुयोजना बन्छ। अनि नेपाल एकिकरणको इतिहास, बाइसे चौविसे राज्यको इतिहास पनि यहिँ झल्कने गरेर संग्राहलय बन्छ।’ संग्राहलय तत्कालीन राजा द्रब्य शाह देखि बाइसे चौविसे राज्यका सबै राजाहरुको इतिहास भल्किने गरी तयार हुने संग्राहलय निर्माणको परिकल्पना गर्ने मध्येका एक कमल दानीले जानकारी दिए। ‘संग्राहलयको गुरुयोजना स्थानीय सरकारको सहकार्यमा मै तयार हुन्छ’ उनले भने ‘गुरु योजना बनाउँदैमा यहाँ भएका सरकारी जग्गा, ब्यक्तिगत जग्गा र राज गुठीको नाममा रहेको जग्गा कहाँ कति भनेर छुट्याइन्छ।

राज गुठीको नाममा सात सय रोपनी जग्गा रहेछ। यहाँ गन्दर्भ, मगर र परियार बसेका छन्। धेरै जसो लालपुर्जा विनै बसेका छन्। उनीहरु बसेको जग्गालाई कसरी एकिकृत गर्ने भन्ने प्रमुख काम हो।’ पुरातत्वले पनि लिगलिगककोट संरक्षणको लागि करिब सातसय रोपनी नै संरक्षण गरेको छ।  लिगलिगकोटमा बन्ने संग्राहलयमा द्रब्य शाहको दरबार, घले राजाहरुको इतिहास। दौडिएर राजा हुने परम्पराको संरक्षण बाइसे चौबिसे राज्यको इतिहास हुने उनले बताए। चौविसे राज्य मध्ये १६ वटा राज्य गण्डकी प्रदेशमै पर्ने भन्दै उनले ति सबै राज्यको इतिहास लिगलिगकोटमा बन्ने संग्राहलयमा पाइने बताए। त्यस्तै तत्कालीन समयमा प्रयोग गरिएका हातहतियारहरु समेत संग्राहलयमा राखिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.