|

क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित भएको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले आज आफ्नो पहिलो खेल खेल्दै छ। सन्दीपले क्रिस गेलको कप्तानीमा प्रदर्शन गर्नेछन्।

आज (बिहीबार) देखि सुरु भएको सिपिएलमा प्याट्रियट्सले आफ्नो पहिलो खेल गुयाना एमेजोन वारियर्सविरुद्ध प्रतिष्पर्धा गर्नेछ। नेपालका सन्दीप लामिछानेलाई प्याट्रियट्सले पहिलो खेलमानै मौका दिने सम्भावना रहेको छ। उनले आइपिएलमा दिल्ली डेयरडेविल्समा ३ खेलबाट ५ विकेट लिएका थिए। अन्तिम केही खेलमा मौका पाएका थिए। जहाँ उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

त्यसपछि सन्दीपले ग्लोबल क्यानेडियन लिग क्रिकेटमा पनि खेल्ने अवसर पाएका थिए। एकपछि अर्को लिग तथा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप सिपिएलमा पनि उत्कृष्ट प्रदर्शन दोहोराउने लक्ष्यमा हुने छन्। यद्धपि उनको परीक्षा भने खेलका दौरान हुने प्रदर्शनले तय गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.