|

उदयपुर : जंगली भैँसी अर्ना हेर्न आउने पर्यटको संख्या बढ्दै गएको छ। अर्नाका लागि प्रख्यात कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटकको संख्यामा वृद्धि भएको हो।

कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले कोशीटप्पुमा आउने पर्यटकको संख्या बढ्दै गएको जानकारी दिए। ‘गत आर्थिक वर्ष २०७४÷७५ मा २१ हजार ८ सय ९९ पर्यटकले यर आरक्षण भ्रमण गरेका छन्,’ उनले भने, ‘जसमध्ये आरक्षमा विदेशी पाहुना ४ सय ३६ र नेपाली पर्यटक २१ हजार ३ सय ६३ जनाले भ्रमण गरेको रेकर्ड छ।’

प्रमुख साहका अनुसार कोशीटप्पुमा आर्थिक वर्षमा ०७३÷७४ मा ११ हजार २ सय ५२ जनाले मात्रै भ्रमण अवलोकन गरेका थिए। आर्थिक वर्ष ०७३÷०७४ भन्दा आर्थिक वर्ष ०७४÷०७५ दोब्बर संख्या बढेको प्रमुख साहको भनाइ छ।

विदेशीभन्दा स्वदेशीका लागि कोशीटप्पु आरक्ष लोकप्रिय बन्दै गएको छ। विदेशी पर्यटकको तुलनामा झन्डै सयौँ गुना बढी संख्यामा स्वदेशी पर्यटकले आरक्षको भ्रमण गरेको आरक्ष प्रशासनको दाबी छ। पछिल्लो चार वटा आर्थिक वर्षको तथ्यांकलाई विश्लेषण गर्ने हो भने अर्ना, चरा र डल्फिनलाई हेर्न आउन पर्यटकको संख्यामा क्रमिक रूपमा वृद्धि हुन थालेको छ। पछिल्लो १० आर्थिक वर्ष ०६१÷६२ देखि ०७३÷७४ सम्मको भन्दा आर्थिक वर्ष ०७४÷०७५ को उच्च रहेको प्रमुख साहको दाबी छ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटीय क्षेत्रमा पर्दछ। वि.स २०३२ (सन् १९७६) सालमा स्थापना भएको आरक्ष दुर्लभ प्रजातिका चरा, अर्ना र डल्फिनसमेत पाइने गर्दछ। कोशीटप्पु वन्यजन्तु आरक्ष एकसय ७५ वर्ग किलोमिटरमा फैलिएको छ। उदयपुर, सुनसरी र सप्तरी गरी तीनवटा जिल्लाभित्र पर्दछ। सन् १९८७ रामसार सूचीमा सूचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४ सय ८९ प्रजातिका चरा, २ सय १९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फिन मुख्य रुपमा पाइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.