|

जाजरकोट : मूल्य राम्रो पाइने भन्दै डोल्पाका यार्सागुम्बा बिक्री गर्ने व्यापारीहरू तिब्वततिर लागेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाले विशेष सुरक्षाको व्यवस्था मिलाएरपछि व्यापारीहरू यार्सा लिएर तिब्बततिर गएका हुन्।

शुक्रबारदेखि क्याटो र छोग्रामा लाग्ने हाट बजारमा यार्सा बिक्री गर्न व्यापारीहरू तिब्वत गएका हुन्। पाटनमा धेरै व्यापारी नआएको र संकलनस्थलमा राम्रो भाउ नपाएको भन्दै संकलक तिब्वत जान थालेका हुन्। ठूलीभेरी नगरपालिका, जगदुल्ला, मुड्केचुला, त्रिपुरासुन्दरी र काइके गाउँपालिकाबाट हजार बढी यार्सा संकलक तिब्बती बजार जान थालेका गएका हुन्। शेफोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टसीतुण्डुप गुरुङका अनुसार सीमामा लामो समयदेखि हाटबजार लाग्दै आएको छ। ‘माथिल्लो डोल्पाका स्थानीयले यार्सागुम्बा लगायत जडीबुटी बेच्ने र त्यही रकमले वर्षभरि पुग्ने खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ल्याउने गरेका छन्' उनले भने, ‘वर्षायाममा तिब्बतमा गरिने व्यापारबाटै हिउँदमा स्थानीयवासीको दैनिक उपभोग्य सामानको जोहो हुन्छ।’  

विदेशमा यार्सा सोझै निकासी गर्न नपाइने भए पनि तिब्बती नाका क्याटो र मरिम्लाबाट यार्सागुम्बा तिब्बत जाने गरेको छ। तिब्बती नाकामा व्यापारीको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट १३ जना प्रहरीको टोली खटाइएको छ। उक्त टोलीसँगै नजिकैका प्रहरी चौकीका प्रहरीले हाटबजारस्थलमा सुरक्षा दिनेछन्।तिब्बतको क्याटो र छोग्रामा दुई सातासम्म हाटबजार लाग्ने गरेको छ। उक्त हाटबजारमा स्थानीयले यार्सा बेच्ने र दैनिक उपभोग्य सामग्रीको किनमेल हुने गर्दछ।स्थानीय व्यावसायी रामवहादुर वुढाले गतवर्ष भन्दा यो वर्ष यार्साले राम्रो मूल्य पाउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.