अर्थ

बिम्सटेक सम्मेलन तयारीमा जुट्यो महानगर, तार व्यवस्थापन सडक मर्मत गरिँदै
SHARES

साउन २४, २०७५

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन तथा मुख्य सडक मर्मतको काम थालेको छ। 
    आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलनका लागि शहरलाई सुन्दर बनाउन पछिल्लो समय कामपाले उक्त कार्यलाई तीव्रता दिएको हो। 

    अव्यवस्थित रूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउन लागिएको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले बताए। उनका अनुसार विभिन्न निकायले यत्रतत्र तार छरेर शहरलाई कुरुप बनाएका थिए, अब ती सबै हटाइन्छ र व्यवस्थित रूपमा टाँगिएको तार मात्र राखिने गरी काम अघि बढिरहेको छ। पुतलीसडक, प्रदर्शनीमार्ग, लौनचौर, सोल्टी होटल जाने बाटो, राष्ट्रपति कार्यालय वरपरका स्थानका तार व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको छ। 

    महानगरले यो काम गत मंसिरबाटै शुरु गरेको बताएपनि सम्मेलनलाई मध्येनजर गरेर तिव्रता दिएको हो। अहिलेसम्ममा मिनी टाटाको ६५ टिप तार जम्मा भइसकेको छ। सङकलित तारमा सबैभन्दा बढी इन्टरनेट केबल सेवा प्रदायकका तार र टेलिफोनका तार छन्। 

    सुरक्षाको दृष्टिले जोखिम बनेका, भुइँमा लतारिएका, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको र शहर सुन्दर देखाउनका लागि व्यवस्थापनको काम अघि बढाइएको बताइएको छ। 

    धुलो सङ्कलन गर्ने, गैरकानूनी रूपले फोहर फाल्नेलाई निगरानी गर्ने, सडक विस्तारका क्रममा छरपष्ट भएका तार बटुल्ने, अव्यवस्थित तार आफैँ काट्ने वा सम्बन्धित निकायले काटेका तार व्यवस्थापन गर्ने कार्य विभागको नियमित काम भएको छ। 

    वडा  १६ का अध्यक्ष मुकुन्द रिजालका अनुसार धेरैजसो बिजुलीको खम्बाका टेलिफोनको तार काटिएको छ। साथै महानगरले काठमाडौंमा विग्रिएको सडक मर्मतमा पनि जुटेको छ। असार अन्तिम साता मर्मत गरिएको सडक पनि बिग्रेपछि मुख्य सडक निमार्णमा महानगर जुटेको हो।

    मंगलबार नयाँ बानेश्‍वरमा सडक मर्मत गरिदै।

    सन् १९९७ मा स्थापना भएको बिम्सटेकमा नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, भुटान र श्रीलंका सदस्य राष्ट्र छन्। सन् २००४ मा नेपालले बिम्सटेकको सदस्यता पाएको हो । बिम्सटेकको यसअघिको सम्मेलन सन् २००४ मा थाइल्यान्डमा, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यानमारमा भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]