|

काठमाडौं : नेपाल लायन्स दिवस (९ अगस्ट)को अवसरमा बिहीबार उपत्यकाका छवटा लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लव अफ भ्याली सेन्टेनियल, जनभावना, शुभलाभ, कोअपरेटर ग्रुप, पिपल्स र स्काई लिमिटको आयोजनामा ललितपुरको जनभावना क्याम्पसमा भएको रक्तदानमा ७० जनाले रक्तदान गरेको लायन्स क्लव अफ काठमाडौंका जोन चेयरपर्सन श्याम यादवले बताए।

रगत अभाव कायम रहेको बेला लायन्स दिवसको अवसर पारेर रक्तदान गरेकोमा खुसी व्यक्त गर्दै डिस्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटवालले रक्तदाता र क्लवहरूलाई धन्यवाद दिए। उपत्यकामा प्रत्येक दिन ११ सय पिन्ट रगत माग भए पनि करिब ६०० पिन्ट मात्रै उपलब्ध हुँदै आएको छ।

क्याम्पसका विद्यार्थी, लायन्स सदस्य, स्थानीयलगायतले रक्तदानमा सहभागिता जनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.