|

नवलपरासी : भारतबाट नेपालतर्फ भित्राउँदै गरेको ८४ लाख नगदसहित भारतीय प्रहरीले बुधबार चारजनालाई पक्राउ गरेको छ। बिहीबार भारतको महाराजगंज जिल्लाको सीमावर्ती बजार ठुठिबारीबाट प्रहरीले ठूलो परिणामको नगदसहित ती युवालाई नियन्त्रणमा लिएको हो।

ठुठीबारीबजार पश्चिम नवलपरासीको महेषपुर बजारसँगै जोडिएको सीमावर्ती बजार हो। रुपैयाँसहित पक्राउ पर्नेमा विहारको सिवाहन बस्ने निरंजनकुमार, गोर्खपुर खजनी बस्ने रामेश्वर सिंह,देवरियाको तरकुलवा बस्ने धर्मेन्द्र राव र महाराजगञ्जको निचलौल निवासी मुंशफिर रहेको जनपद प्रहरी ठुठीबारी कोतवालीले जनाएको छ। 

विशेष सुराकीका आधारमा प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा युपी ५३ सीबी ४३९८ नम्बरको भारतीय सेतो कारमा सवार ४ जनाबाट ८३ लाख २० हजार नेपाली रुपैयाँ र ४४ हजार भारतीय रुपैयाँ नगद फेला परेको हो। पक्राउ परेकालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भारतीय सिमा सुरक्षा एवं खुफिया एजेन्सीले जानकारी दिएको छ। प्रहरीकाअनुसार पक्राउ परेका चारैजना भारतमा पैसाको कारोबार गर्ने हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.