|
प्रतीकात्मक फोटो

विराटनगर : मोरङको विराटनगर महानगरपालिका १५ स्थित भित्री सडकखण्डमा बिहीबार भएको दुर्घटनामा एकजना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय धनुषा दरबन्दीका प्रहरी सहायक निरीक्षक विवेकानन्द झाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय रानीबाट जिल्ला प्रहरी कार्यालय धनुषाका लागि रवानापत्र बुझेर हिँडेका प्रहरी सहायक निरीक्षक झाले चलाएको  को ७ प २५५९ नम्बरको मोटरसाइकले विराटनगर १२ स्थित डेरातर्फ जाने क्रममा अनियन्त्रित भई सडक किनारमा रहेको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भर्इ अचेत अवस्थामा लडिरहेका झालाई सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय मोरङको मोबाइल टोलीले भेटेर उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

यसैगरी विराटनगर १ पुष्पलाल चोकस्थित भित्री सडकखण्डमा बिहीबार बिहान को२५प ४९८८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा विराटनगर १९ बस्ने ३५ वर्षीय मिना ऋषिदेव घाइते भएकी छन्। उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक विराटनगर १९ का रिसब प्याकुरेल प्रहरी नियन्त्रणमा छन्।

उता विराटनगर ३ स्थित ढाटमा बिहीबार बिहान को ३२ प ६४३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा विराटनगर ४ का खगेन्द्रप्रसाद आचार्य घाइते भएका छन्। उनको विराट अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक विराटनगर ७ का सन्तोष प्रहरी नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.