|

भक्तपुर : राक्षसीस्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले देशभर आज गठामुंगः पर्व मनाउने गरेका छन्। नेवार समुदायको बाक्लो बसोबास भएको स्थानमा विषेश महत्त्वका साथ यो पर्व मनाउने चलन छ। भक्तपुरमा पनि यो पर्व धुमधामका साथ मनाइएको छ।

साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठामुंगःलाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ। दुष्टात्मा र भूतप्रेत पन्छाउन घर सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन छ। बिहीबारको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठामुंगःलाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ।

त्यसअघि नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीनपटक परिक्रमा गराउने परम्परा रहेको छ। कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठामुंगः एकत्रित गरेर जलाउने चलन पनि रहेको छ। ग्रह शान्तिका लागि फलामको औँठी लगाउने चलन रहेको छ। परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस्’ भनी कानमा घण्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अफ्ठ्यारो परेकाले उसको आजकै दहन गरिएको कथन रहेको छ। ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.