|

काठमाडौं : सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएलमा दुई विकेट लिएका छन्। सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट उनले सीपीएलमा डेब्यू गरेका हुन्। 

उनले सीपीएलका लागि पहिलो बलमै विकेट लिएर आफ्नो डेब्यू अविस्मरणीय बनाएका छन्। समग्रमा सन्दीपले चार ओभर बलिङ गरी दुई विकेट लिए। सीपीएलमा सन्दीप लामिछानेले आफ्नो डेब्यू शानदार बनाइरहँदा उनको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले भने ६ विकेटको पराजय ब्यहोरेको छ।

टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट किट्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १४६ रन बनाउँदा ओपनर तथा कप्तान क्रिश गेल एक्लैले ८६ रनको योगदान दिएका थिए। उनले ६५ बलमा सात चौका र पाँच छक्का प्रहार गरे।

१४७ रनको लक्ष्य गुयाना अमेजन वारियर्सले इनिंगको २१ बल बाँकी छँदै पूरा गर्‍यो। उसका लागि वेष्ट इण्डिन यू–१९ टोलीका सदस्य सिम्रन हेटमेयरले ७९ रनको अविजित शानदार पारी खेले। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.