|

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका–८ जमुनिबासमा बोलबमको भेषमा आएका व्यक्तिहरूले लाखौँको लुटपाट गर्दै एक जनालाई गोली प्रहार गरेका छन्।

बिहीबार राति साढे ११ बजे बाबाधाम जाने बोलबमको भेषमा आएका १५–२० जना डाँकाहरूको समूहले लाखौंको लुटपाट गर्दै चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका हुन्। 

बाबाधाम जाने भेषमा आएका १५–२० जनाको समूहले घरमा डकैती गरेर भाग्ने क्रममा प्रतिकार गर्दा डाँकाले चलाएको गोली लागेर घरधनी पुष्पलाल श्रेष्ठको गम्भीर घाइते भएका हुन्। श्रेष्ठको पुठ्ठामा गोली लागेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज रायले जानकारी दिए। 

डाँकाहरूले चलाएको गोली लागेर गम्भीर घाइते भएका ३६ वर्षीय श्रेष्ठको उपचार जनकपुर अञ्चल अस्पतालमा सम्भव नभएपछि काठमाडौं 'रेफर' गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रायले जानकारी दिए।

डाँकाहरूले सुनिता श्रेष्ठको एक लाख रुपैयाँ, २.५ तोला सुन, सोनकुमारी श्रेष्ठको नगद २० हजार र १.५ तोला सुन, मुन्ना श्रेष्ठको नगद १०, १५० र २.५ तोला सुन, र सानिमाया श्रेष्ठको १५ हजार नगदसहित १५ तोला चाँदी समेत लुटेर लगेका छन्। लुट्ने क्रममा डाँकाहरूले महिलाले लगाएको गरगहना तथा दराजमा राखेका गहना र ६ वटा मोबाइल लुटेर लगेका छन्। 

लुटपाटको क्रममा डाँकाहरूले श्रेष्ठका परिवारमाथि कुटपिट गरेको वडा ८ का अध्यक्ष देवनारायण महतोले जानकारी दिए। सो घरमा चार दाजुभाइ सगोलमा बस्दै अाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.