|

काठमाडौं : लर्डसमा बिहीबारदेखि हुने तय भएको भारत–इंग्ल्यान्डबीचको दोस्रो टेस्टको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको छ। वर्षाका कारण खेल हुन नसक्दा लर्डस् टेस्टको पहिलो दिनको खेल रद्द भएको हो। मैदान गिलो भएपछि खेल रद्द गरिएको हो।

१७ वर्षपछि पहिलो पटक लर्डस् टेस्टमा पहिलो दिन एउटा पनि बल नफाली पहिलो दिनको खेल रद्द भएको हो। २००१ मा पाकिस्तान र इंग्ल्यान्डबीच पहिलो दिनको खेल हुन सकेको थिएन्। यद्यपि दोस्रो दिन आज भने मौसम सफा रहनसक्ने जनाइएको छ।

पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड १–० ले अघि रहेको छ। लर्डस्मा इंग्ल्यान्डले भारतविरुद्ध १७ टेस्ट खेलेको छ। ११ मा जित निकाल्दा चार खेल बराबरी भएको छ। यस्तै भारतले दुई टेस्टमा जित निकालेको छ। २०१४ मा भारतले महेन्द्रसिंह धोनीको कप्तानीमा इंग्ल्यान्डलाई लर्डसमा हराएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.