|

काठमाडौं: पछिल्लो समय बढ्दै गएको विद्युतीय अपराध (साइबर क्राइम) र मानव बेचविखन तथा तस्करी रोक्नका लागि स्थापना हुन लागेको हुमन ट्राफिकिङ ब्यूरो (एचटिबी) गठनको काम अन्तिम चरणमा पुगेको छ।

ब्यूरो गठनको लागि आवश्यक राय सल्लाहसहितको प्रतिवेदन तयार पार्न गठन भएको समितिले प्रहरी प्रधानकार्यालयलाई राय सहितको प्रतिवेदन बुझाई सकेको प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले जानकारी दिए। 'राय सहितको प्रतिवेदन प्रधान कार्यालय पुगिसक्यो, नितिगत रुपमा करिब सुरु भइ नै सक्यो अब खालि फिजिकल स्टक्चरको कुरामात्र हो यो चाडै सकिन्छ,' थापाले भने।

मानव वेचविखिन नियन्त्रण व्यूरोको बारेमा रायसहितको प्रतिवेदन अध्ययनको जिम्मा केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) नाराणसिंह खड्काको नेतृत्वमा गठन भएको थियो। त्यस्तै साइबर क्राइमबारे अध्ययन प्रतिवेदनको जिम्मा डिआइजी सुसिल कुमार भण्डारी को नेतृत्वमा समिति गठन भएको थियो। उक्त समितिले व्यूरोको संरचाना क्षेत्रकाधिर र आवश्वक जनशक्ति लगायतको बारेको प्रतिवेदन बुझाएका हुन्।

प्रवक्ता थापाका अनुसार केन्द्रीय साइबर क्राइम व्यूरोको कमाण्ड प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) ले गर्ने र ६७ जनाको दरबन्दी रहने छन्।  त्यस्तै मानव वेचविखिन नियन्त्रण व्यूरोको प्रमुख डिआइजी रहने र केन्द्रमा ५८ जनाको जनशक्ति रहेको छन्। प्रदेशको हकमा भने केन्द्रीय व्यूरो स्थापन भएपछि कसरी राख्ने भनेर अध्ययन गरिने थापाले बताए।

समितिका एक सदस्यका अनुसार दुबै व्यूरोमा तोकिएको दरबन्दी कम भएको र त्यो संख्या बढाउने भन्ने राय सहितको प्रतिवेदन प्रधान कार्यालयलाई बुझाएको बताए। दुबै व्यूरोको मुख्य कार्याल भने काठमाडौं रहने छ। काठमाडौंमै रहने भएपनि ब्यूरो कहाँ राख्ने भन्ने टुंगो नलागिसकेको प्रवक्ता थापाले बताए। 

व्यूरो स्थापना पछि अपराध नियन्त्रणमा सहज हुने प्रहरीको विश्वाश

हालसम्म दुबै प्रकृतिको अपराध नियन्त्रणको जिम्मा महानगरीय अपराध महाशाखाले हेर्दै आएको छ। साईबर क्राइम सम्बन्धी मुद्दा समेत अपराध महाशाखाले हेर्नु पर्ने भएकोले अन्य काममा समेत बाधा हुने गरेको अपराध महाखाशाका एक प्रहरी अधिकृतको भनाई छ।

उने भने 'अब दुबै ब्यूरो गठन भएपछि साइबर अपराध र मानव बेचबिचखन आेसोर पसार लगायतका घटना हेर्ने छुट्टाछुटै व्यूरो हुन्छन्, पिडितले चाडो न्याय पाउछन्,' उनले भने।

हाल साइबर क्राइम अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, भाइरब, इमो लगायतका माध्यमबाट अपराध हुने गरेका छन्मा। मानव बेचबिखन तथा ओसारपसारका घटनामा सबै भन्दा बढी वैदेशीक रोजगारीको नाममा हुने गरेको तथ्यांक छ।

सरकाले गत जेठ १५ गतेको बजेट भाषणमै नेपालमा बढ्दो साइबर क्राइम र मानव बेचबिखन तथा ओसार पसारलाई रोक्न नेपाल प्रहरीमा छुट्टै ब्यूरोको आवश्यकता रहेको भन्दै ब्यूरो गठन गर्ने उल्लेख गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.