|

काठमाडौं : निर्देशक योगेश घिमिरेले नयाँ फिल्म निर्देशन गर्ने पक्का भएको छ। दुई वर्षअघिको सफल फिल्म 'राधा' निर्देशन गरेका उनी अहिले नयाँ फिल्मको प्रि-प्रोडक्सन छन्। फिल्मको पटकथा तयार भइसकेको छ भने छायांकनका लागि झापा, इलाम र दार्जलिङ छनोट गरिएको छ। पटकथा प्रदीप भारद्वजले तयार पारेका हुन्। 

हालसम्म फिल्मको नाम नतोकिए पनि 'राधा २' रहन सक्ने संभावना बढी देखिन्छ। फिल्मको नाम 'राधा २' रहे पनि कथावस्तु भने फरक रहने बताइएको छ। 'राधा'मा मुख्य भूमिकामा प्रस्तुत भएका जीवन लुइँटेल र संचिता लुइँटेल यस फिल्ममा रहनेछैनन्।

फिल्मका लागि मुख्य भूमिकामा अहिलेकी चर्चित नायिका प्रियंका कार्की फाइनल भएकी छन् भने नायकको छनोट हुन बाँकी रहेको निर्देशक घिमिरेले बताउँछन्। फिल्मका लागि नवनायकको खोजी भइरहेको उनले बताए।

भदौको २५ गतेबाट छायांकनमा जाने यस फिल्मालाई संजय न्यौपानेले निर्माण गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.