|

काठमाडौंः नेपाल र बंगलादेशबीच उर्जा सम्झौता भएको छ। काठमाडौंमा भएको एक कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले उक्त समझदारीमा हस्ताक्षर भएको छ। अब बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ। साथै नेपालको विजुली समेत बंगलादेशले किन्ने भएको छ। 

समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश भएका छन्। 

सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनमा ऊर्जा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यो बेला बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमता बराबरका दुई ठूला आयोजनामा लगानी गर्ने उल्लेख थियो।

त्यो बेला भएको सहमति बमोजिम एक हजार एक सय १० मेगावाट क्षमताको सुनकोशी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रोमा बंगलादेशले लगानी गर्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.