मनोरञ्जन

'रोजी'को अफर: म्युजिकल्ली गर्नुहोस्, एक लाख जित्नुहोस्
SHARES

साउन २५, २०७५

    काठमाडौं : अहिले सामाजिक सञ्जालमा 'म्युजिकल्ली' एकदमै हिट छ। त्यहाँ अभिनय गरेर वा भिडियो बनाएर पनि धेरैले फलोअर्स कमाएका छन्।

    सोही म्युजिकल्ली गर्ने व्यक्तिहरुलाई फिल्म 'रोजी'ले सुवर्ण अवसर प्रदान गरेको छ। मतलव 'रोजी' फिल्मको गीतमा म्युजिकल्ली निर्माण गर्दा पुरस्कारहरु पाइने भएको छ। शुक्रबार 'रोजी' निर्माण कम्पनीद्धय 'गोपिकृष्ण मूभिज' र 'आरोही इन्टरटेनमेन्ट'ले पुरस्कार राशी सहितको म्युजिकल्ली प्रतिष्पर्धा घोषणा गरेका हुन्।

    केही दिन अघि मात्र सार्वजनिक गरिएको ‘फूल हैन’ बोलको गीतमा म्युजिकल्ली गरेमा एक लाखसम्मको पुरस्कार पाइने छ।

    प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पेजमा म्युजिकल्लीको भिडियो पठाउनु पर्ने वा वालमा सेयर गर्नु पर्ने प्रतियोगिताकी संयोजक सन्ध्या थापाले बताइन्।

    विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटको अवसर दिइने छ भने दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा पढनपाटनकालागि छात्रवृद्धि दिइनेछ। सर्वोत्कृष्टलाई भने नगद रु. १ लाखले पुरस्कृत गरिने बताइएको छ।

    संयोजक थापाका अनसार 'गोपिकृष्ण मूभिज'को युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्जका आधारमा पनि उत्कृष्टताको छनोट गरिने छ।

    भदौ २२ गतेबाट प्रदशर्नमा आउने फिल्मलाई निरक पौडेलले निर्देशन गरेका छन्। फिल्ममा प्रदीप खड्का, मिरुना मगर र परमिता राज्यलक्ष्मी राणाको मुख्य भूमिका रहेको छ।

    हेर्नुहोस् गीत : 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]